कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मा शुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन भएको छ । कीर्तिपुर नगरपालिका, काठमाडौं सक्रिययुवा समूह र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने स्वास्थ्यशिविर सञ्चालन गरिएको हो ।
कीर्तिपुर गेट कभर्डहलमा सञ्चालनभएको शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९२ जनाको रक्त परीक्षण, १६७जनाको भिडियो एक्सरे र १५१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँतफुकालिएको छ भने शिविरमाउपचार सम्भव नभएका ३७जनालाई अप्रेशनकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
केएमसीअध्यक्षको रुपमा डा.सुनिलशर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रतादिइरहेको छ ।