ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो राती साढे १० बजे को.२त २८३२ नम्वरको ट्रयाक्टरले ठक्कर दिदा घाईते भएका पैदल यात्री रतुवामाई नगरपालिका–९ का ४२ बर्षीय दिनेश भण्डारीलाई तत्काल उपचारको लागि स्थानिय मदन भन्डारी अस्पताल तथा ट्मा सेन्टर मंगलवारे पु¥याउना साथ मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालक पथरीशनिश्चरे–२ का अमृत लिम्वुलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।