ब्राउन सुगर सहित १ जना पक्राउ

मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१५ बाट प्रतिबन्धित ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–२ का ३६ बर्षीय राजु महर्जन रहेका छन ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका महर्जनको साथबाट १० ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र नाईट्रोसन २० चक्की बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका महर्जनको मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।