मोरङ कांग्रेसद्वारा महानगर प्रमुखका लागि १० जनाको नाम प्रदेश समितिमा सिफारिस

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस मोरङले बिराटनगर महानगरको प्रमुख र उप प्रमुखमा नगर काँग्रेसले सिफारिस गरेको भन्दा थप ३ जनाको नाम थपेर प्रदेश समितिमा सिफारिस गरेको छ ।
नेपाली काँग्रेस मोरङ संसदिय समितिको बिहिबार पाटि कार्यलयमा बसेको बैठकले नगर समितिले सिफारिस गरेको बाहेक प्रमुखमा रामकृष्ण भटराई, फुलकुमार लालवानी र अरुण गुप्ता तथा उप प्रमुखमा मिलन नौलाखा, श्रुती शर्मा र कमला कँडेलको नाम थप गरी प्रदेश समितिलाई सिफारिस गरेको हो ।
भटराई राप्रपा समायोजनबाट केन्द्रिय सदस्य रहेको, पुर्व बिराटनगरको प्रमुख समेत सम्हालेको अनुभव रहेको, लालवानी र गुप्ता महाधिवेसन प्रतिनिधि र जिल्ला कार्यसमितिसमेतमा रहि निरन्तर पाटिमा काम गरेका,े विभिन्न संघसंस्थाको नेतृत्व सम्हालेको सुझाव सहित मेयर र उपमेयरमा थप सिफारिस गरिएको जिल्ला सचिव मोदराज घिमिरेले जनाएका छन ।
यस अघि नेपाली काँग्रेस बिराटनगर महानगर समितिले ७ जना प्रमुख र १२ जना उप प्रमुख जिल्ला समितिलाई सिफरिस गरेको थियो । महानगर समितिले सिफारिस गरेकोमा नागेश कोइराला, दिपक चापागाई, इन्दिरा कार्की, अमृत अर्याल, डा. डिला संग्रौला, भिम पराजुली र गोपल रेग्मीलाई प्रमुखमा सिफारिस गरेको थियो । त्यसैगरी उपप्रमुखमा निरज कोइराला, झुमा निरौला, प्रमिला थापा, राजु मास्के, पुनम सिंह, प्रमिला गच्छदार, जस्मिन मण्डल, सुचि चौधरी, डा. सिता घिमिरे, गिता सिलवाल, दुर्गा कोइराला, पंकज वर्माको नाम सिफारिस गरेको थियो ।




Leave a Reply

Your email address will not be published.