कुटपिटबाट १ महिलाको मृत्यु

ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट १ महिलाको मृत्यु भएको छ । बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ बर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाईते भएकी सार्कीको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको छ । हत्या अभियोगमा पक्राउ परेकी लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।