मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती पौने ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएका थिए ।
ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा साँढे ९ बजे नहरमा खसेको मोटरसाईकल सहित चालक रामधुनी नगरपालिका–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् । थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।