मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

मोरङ ।
मोरङको बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–९ का ४० बर्षीय मो.ताहिर अन्सारी र सोहि स्थानका २९ बर्षीय मो. आलम रहेका छन् ।
सोमबार बिहान ९ बजे बिराटनगर महानगरपालिका–७ मा पार्किङ गरी राखिएको को ४ प ९७२५ नम्बरको टि.भि.एस.कम्पनिको मोटरसाइकल चोरी गरी भारत तर्फ लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकल सहित उनीहरुलाई पक्राउ गरेको हो पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




Leave a Reply

Your email address will not be published.