लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका–१९ का ३६ बर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धामा उच्च अदालत बिराटनगरको मिति २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राइलाई गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ ।