लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

मोरङ ।
मोरङको रतुवामाई नगरपालिका–९ भौडा चोकबाट लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । मे ११ प ९९२४ नम्बरको मोटरसाईकलमा आमबारीबाट उर्लावारी तर्फ जाँदै गरेका दमक नगरपालिका–९ का २० बर्षीय बिबेक घिमिरेलाई प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको थियो ।
लागुऔषध सहित पक्राउ परेका घिमिरेको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।