केएमसीमा गराइयो ‘क्याडेभरिक’अभ्यास

काठमाडौं, ७ बैशाख ।मेरुदण्डको शल्यक्रिया सम्बन्धिअन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्नभएको छ । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्यूरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्यूरो सर्जनहरु सहभागिथिए । सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’अभ्यास गराइएको छ । नयाँचिकित्सकहरुलाई दुरविनको माध्यमबाट मेरुदण्डको शल्यक्रियागर्ने सीप सिकाउँनशवमाथि नै अभ्यास गर्ने गरी प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।
यस्तो प्रशिक्षण नेपालमै पहिलो पटक गरिएको केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमितथापा बताउँछन् । उनकाअनुसार इण्डोस्कोपिक विधिबाट मेरुदण्डको अप्रेशन सम्बन्धि प्रशिक्षणमा अहिलेसम्म नेपालमाशवमाअभ्यास गराएर सिकाइएको थिएन । सहभागिहरुलाई केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.थापा र प्रा.डा.माल्कम पेस्टोनजीले सीप सिकाएका छन् ।
प्रयोगात्मक प्रशिक्षणपछि होटल हिमालयमायो बिषयमाअन्तरक्रियागरिएको छ । कार्यक्रममा१ सय १८ चिकित्सकसहभागिथिए । इन्टरनेटका माध्यमबाट पनि१ सय७५ जना सहभागिभएको आयोजकले जनाएको छ ।सम्मेलनकालागिविश्वविद्यालयअनुदानआयोगले पनि सहयोग गरेको थियो ।