पथरीका २ जना प्रबल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा विभुषित

बेलबारी ।
मोरङको पथरीका २ जना प्रबल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा विभुषित भएका छन । विभूषण प्राप्त गर्नेहरुमा खेलकुद क्षेत्रका रन्जन थापा र प्रशासनिक क्षेत्रबाट फणिन्द्र दाहाल रहेका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा विभिन्न व्यक्तिलाई घोषणा गरिएका विभूषण बिहीवार प्रदान गर्नुभएको हो ।
पथरी सनिस्चरे वाड नं. ६ निवासी थापा हक्की खेलका अन्तरास्ट्रिय खेलाडी, प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद कर्मचारी सघका अध्यक्ष हुनुहुन्छ । वडा नं ८ निवासी दाहाल हाल खोटाङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । दुबै जना कुनै समय नेपाल बिद्यार्थी संघका जिल्ला सदस्य हुनु हुन्त्यो ।
गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये विभूषण प्राप्त गर्नेहरूको सूची झन्डै पाँच सयको सङ्ख्यामा छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाणलगायतका मन्त्री र उच्चपदस्थ अधिकारीको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गरिएको हो ।