सत्ता गठबन्धनले मोरङका पालिकाको टुंगो भोलि लगाउने

स्थानीय तहको चुनाव नजिकिदै गर्दा मोरङमा पनि गठबन्धनमा अबाद्ध दलहरु छललफ र बैठकलाई तिव्रता दिन थालेका छन । सत्ता गठबन्धनको केन्द्रिय निर्देशन अनुसार जिल्लामा गठबन्धमा आबद्ध दलहरु छलफलमा जुट्न थालेका हुन ।

नेपाली काँग्रेसको पाटी कार्यलय मोरङमा शुक्रबार बसेको गठबन्धनमा आबद्ध दलहरुको बैठकले शनिबार सम्ममा जिल्लाका महानगर बाहेकका १६ वटै पालिकाको टुङ्गो लगाउने बुझिएको छ ।
स्थानीय तह निर्वाचनमा पालिका एबम वार्ड बाँडफाँड गर्न बनेको गठबन्धनको जिल्ला कार्यदलका संयोजक नेपाली काँग्रेस मोरङका उपसभापति भक्तिनाथ माझि, नेकपा माओबादी जिल्ला संयोजक बिजय बिस्वास, जसपा जिल्ला अध्यक्ष राज कुमार यादव, नेकपा एस जिल्ला उपाध्यक्ष उद्धव पोखरेल रहेको कार्यदलले वार्ड बाहेक पालिकाहरुको शनिबार सम्ममा टुंगो लगाउने सहमति भएको काँग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिएका छन ।
२०७४ मा भएको स्थानीय तहको चुनावमा प्राप्त मतका आधारमा पालिकाको टुंगो हुने घिमिरेले जानकारी दिए ।
नेकपा एमालेले जितेका ५ वटा पालिकाहरुमा मिक्लाज्ुङ र कानेपोखरीमा माओबादी, पथरीसनिस्चरे नेकपा एस, धनपाल र कटारी जसपाले माग गरेको स्रोतले बताएको छ ।
माओबादीले बेलबारी, सुन्दरहरैचा आफुलाई दिए रंगेली काँग्रेलाई छोड्ने मनसाय देखाएको छ ।
गत स्थानीय तहमा मोरङका १७ पालिकामा नेपाली काँग्रेसले महानगरसहित १० वटा, नेकपा माओबादीले १, नेकपा एमालेले ५ वटा र जसपाले १ पालिकामा जित हात पारेका थिए ।