सवारी दुर्घटनाबाट ३ प्रहरीको मृत्यु ६ घाईते

ओखलढुङ्गा ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हर्कपुर स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । आज बिहान साँढे ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय बिराटनगर आउदै गरेको बा.१७ च १०९४ को डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल झरेर दुर्घटना हुँदा बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको र प्रहरी जवान रुपन बिष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाण्डौमा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा घाईते भएका प्रहरी निरीक्षक रिषिराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिला प्रसाद खनाललाई स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । प्रहरी नायब निरीक्षक धनराज खतिवडा स्थानिय मेडिकलमा उपचार पश्चात डिष्चार्ज भएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।