अबैध भारतिय रुपैयाँ सहित ४ जना पक्राउ

मोरङ ।
श्रोत नखुलेको भारतिय नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतिय नागरिक ३७ बर्षीय अभिनास मुखिया, २९ बर्षीय बिष्णुदेव मुखिया, बर्जु गाउँपालिका–१ सुनसरीका ३८ बर्षीय सुरज ऋषिदेव र ३८ बर्षीय शिव कुमारी ऋषिदेव रहेका छन् ।
बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गत २८ गते दिउँसो बिराटनगर–१५ वाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको भारतिय रुपैयाँ तिन लाख आठ हजार पाँच सय बरामद गरेको छ । श्रोत नखुलेको अबैध भारतिय रुपैयाँ सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।