अबैध सामान सहित १ जना पक्राउ

झापा ।
झापाको मेचिनगर नगरपालिका–६ बाट अबैध सामान सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको आरजे १८ जीबी ३७२१ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा उक्त कन्टेनरमा अबैध रुपमा नेपाल ल्याउँदै गरेको २० लाख बराबरको बिस्कुट बरामद भएको थियो ।
अबैध रुपमा बरामद भएको बिस्कुट, कन्टेनर र कन्टेनर चालक भारतिय नागरीक २२ बर्षीय सिशराम गोर्सी समेतलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकड्भिट्टामा बुझाइएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।