भरुवा बन्दुक चलाउँदा १ जनाको मृत्यु

भोजपुर ।
भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा भरुवा बन्दुक चलाउदा १ जनाको मृत्यु भएको छ । सोहि स्थानका ४७ बर्षीय सुर्य बहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउदा आफ्नै पेटमा लागी घाईते भएका थिए ।
उपचारको लागी जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।