ट्रयाक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

भोजपुर ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भोजपुरबाट ईटा बोकेर बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रामप्रसादराई गाउँपालिका–७ का २० बर्षीय जेबि राई घाईते भएका थिए । घाइतेको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा अस्पतालमा पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।