सुनसरीमा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा

सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।
नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ ।
मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो प्रविधिमा आधारित रहेको छ । भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ । अन्न भण्डारणको आधारमा किसानका लागि बैंक मार्फत धितो समेत उपलब्ध गराइने कम्पनीका प्रशासक श्रवणकुमार यादवले बताउनुभयो ।
कम्पनीका अनुसार कपिलवस्तु र पर्सामा समेत भण्डारण गृह निर्माणको चरणमा छ ।