एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत्

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा नेपाल १८ औँ स्थानमा यथावत् रहन सफल भएको हो ।
एकदिवसीयको वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ । यस्तै दोस्रोमा इङ्ग्ल्यान्ड, तेस्रोमा अस्ट्रेलिया, चौथोमा भारत र पाँचौँमा दक्षिण अफ्रिका रहेको छ ।