गाँजा सहित १ जना पक्राउ

मोरङ ।
मोरङको जहदा गाउँपालिका–१ लंकाटोलबाट अबैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३२ बर्षीय मुन्ना मल्लाह रहेका छन् ।
२६ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नेपालबाट लुकाई छिपाई भारत तर्फ लाँदै गरेको १४ केजी गाँजा बरामद गरेको हो । गाजा सहित पक्राउ परेका मल्लाहलाई ईलाका प्रहरी कार्यालय रानीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।