संखुवासभा ।
संखुवासभाको चैनपुर नगरपालिका–५ मा पानीमा डुबि बालकको मृत्यु भएको छ । सोही स्थानका पेमा ओङ्दि शेर्पाका १ बर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसि भाडामा रहेको पानीमा डुबि मृत अवस्थामा परीवारले फेला पारेको थियो । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटि गएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।