झापाको सुरेन्द्र नगरमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर

झापा । झापाको मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा सोमवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ५ सँग सहकार्य गरेर एकदिने निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको हो ।
स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १९२ जनाको भिडियो एक्सरे, १६७जनाको रक्त परीक्षण र ७९ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२जनाको दाँत खोलिएको छ ।
नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।