आयोजक लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश

विराटनगर । मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को मङ्गलबार भएको खेलमा जहदा–६ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–६ लाई ५ विकेटले पराजित गर्दै आयोजक टीम सेमिफाईनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–६ ले निर्धारित २० ओभरमध्ये १९ औं ओभरको प्रगतिमा सबै विकेट गुमाई १३१ रनको स्कोर खडा गरेको थियो ।

१३२ रनको लक्ष्य पाएको लक्ष्मिनिया युवा क्लबले १८ औं ओभरको प्रगतिमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो ।

लिगकम नकआउटको आधारमा बैशाख ३ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टको पहिलो सेमिफाईनल बुधबार जहदा–४ र जहदा–२ बिच हुनेछ । दोश्रो सेमिफाईनल बिहीबार लक्ष्मिनिया युवा क्लब र जहदा–५ बिच हुने आयोजक संस्थाका अध्यक्ष नितेश कुमार साहले बताए । टुर्नामेन्टको फाईनल खेल बैशाख ३ गते हुने उनले जानकारी दिए ।

खेलको विजेता तथा उप–विजेताले भने क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्ने जनाईएको छ