काभ्रेको दोलाल घाटमा केएमसीको स्वास्थ्यशिविर, ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रे ।काभ्रेको भुल्लु गाउँपालिका–७ फलाटेस्थित दोलाल घाटमा आइतवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीयशारदा माध्यमिकविद्यालयको सहकार्यमाशिविर सञ्चालगरिएको हो ।
विद्यालय प्रांगणमा सञ्चालितशिविरमा ११७२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २१३ जनाको रक्त परीक्षण, १८६ जनाको भिडियो एक्सरे र ९७जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्याभएर शिविरमाआएका ४३ जनाको दाँतफुकालिएको छ भने शिविरमाउपचार सम्भव नभएका ३७जना बिरामीलाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
गतबर्षदेखि डा.सुनिलशर्माले केएमसीअध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रतादिएको छ ।