करेन्ट लागेर १ जनाको मृत्यु

खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका–७ मा बिधुतको नाङ्गो तारमा छुदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । उदयपुरबाट खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामाई गाउपालिका–४ का २६ बर्षीय प्रताप खड्काले बिधुतको नाङ्गोतारमा छुन पुगी करेण्ट लागि घाइते भएका थिए । तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।
चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।




Leave a Reply

Your email address will not be published.