बुढानिलकण्ठको पाइसकोटमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ स्थित पाइसकोटमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र जीपी फाउन्डेसन क्षेत्र नंम्बर ४ को सहकार्यमाएकदिने स्वास्थ्यशिविर सञ्चालनगरिएको हो ।
बुढानिलकण्ठनगरपालिका वडा नंम्बर ४ को कार्यालय परिषरमा सञ्चालितशिविरमा ९७३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २११ जनाको रक्त परीक्षण, १९२ जनाको भिडियो एक्सरे र ८९ जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्याभएर शिविरमाआएका ३१ जनाको दाँतखोलिएको छ भने शिविरमाउपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
केएमसीअध्यक्षको रुपमा डा.सुनिलशर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्नजिल्लामा स्वास्थ्यशिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्कउपचार गरिरहेको छ ।