ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर ।
पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना.२ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपालिका–१ का २७ बर्षीय प्रेम कुमार गौलीको घटना स्थलमा नै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्याल पाँचथरबाट थप अनुसन्धान भइरहेको छ ।