चट्याङले लागेर महिलाको मृत्यु

झापा ।
झापाको गौरादह नगरपालिका–५ मा चट्याङल लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ कि ४० बर्षीया मन माया थापा रहेकि छन । घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।