करेन्ट लागि १ जनाको मृत्यु

झापा ।
झापाको हल्दिबारी गाउँपालिका–२ पशुपति चोक स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी–५ का ४८ बर्षीय बिक्रम तामाङ घाईते भएका थिए । तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाटथप अनुसन्धान भईरहेको छ ।