बालिकाको हत्या आरोपमा २ जना पक्राउ

उदयपुर ।
उदयपुरको बेलका नगरपालिका–६ कि १६ बर्षीया कबिता सुनुवारको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ का जित बहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र १७ बर्षीया बालिका रहेकि छन । चैत्र २२ गते बिहान बेलका नगरपालिका–३ स्थित यशोदा खोला किनारमा काठको गोलिया नजिक बालिकाको शव फेला परेको थियो । तत्काल घटना स्थलमा खटिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले बेलका नगरपालिका–६ का कृष्ण सुनुवारको १६ बर्षीया छोरी कबिता सुनुवार भएको सनाखत भए संगै हत्याको आरोपमा बिनोद ढकाल र १७ बर्षीया बालिकालाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ बर्षीया आरोपित बालिका कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो सानो कुरामा आरोपित बालिकालाई होच्याउने, चिड्याउने गरी आघात पु¥याउने गरेको हुँदा रिसिईवी राखि मार्ने योजना बनाएकोमा चैत्र २२ गते मंगलवार बिहान ४ बजेको समयमा एसइइ तयारी कक्षाको लागि तिनैजना संगै बिद्यालय तर्फ जादै गर्दा बाटोमा निजकै दाजु नाता पर्ने बिनोद ढकालले लुकाई बोकेको बियरको बोतलले सुनुवारको टाउकोमा प्रहार गरी घाईते बनाएको र ढुङगाले समेत प्रहार गरी कर्तव्य गरी मारी घिसार्दै यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक लाश फालेको खुल्न आएको हो ।
घटनामा आरोपित १७ बर्षीया बालिका र प्रतिवादी बिनोद ढकाल समेतलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ ।