शुक्रबारेमा ३ तले सामुदायिक भवनको उद्घाटन

बिराटचौक ।
मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं ११ शुक्रबारेमा निर्मित ३ तले सामुदायिक भवनको उद्घाटन भएको छ । श्री मक्करधन सामुदायिक सेवा संस्थाको नव निर्मित भवनको शुक्रबार उद्घाटन गरिएको हो ।
प्रदेश १ साँसद तथा पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले रिवन काटेर नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । प्रदेश सरकार सडक पुर्वाधार तथा शहरी बिकास मन्त्रालय शहरी बिकास तथा भवन कार्यलय प्रदेश नं १ द्वारा निर्मित भवनमा २ करोड लागत रहेको भवन निर्माण तथा कार्यसमिति अध्यक्ष रमेश कुमार खड्काले जानकारी दिनुभयो ।
निर्माण कम्पनी श्री लक्ष्मीमाता पीएनजी जेभी भद्रपुर झापासँग २०७७ साल जेठ ९ गते संझौता भई २०७७ साल भाद्र २४ गते शिलन्यास भएको थियो ।
प्रदेश सरकार सडक पुर्वाधार तथा शहरी बिकास मन्त्रालय शहरी बिकास तथा भवन कार्यलय प्रदेश नं १ ले सो कार्यक्रममा भवन निर्माण तथा कार्यसमितिलाई भवन हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रममा शुक्रबारे निवासी स्वर्गिय मकर बहादुर श्रेष्ठ तथा श्रीमती धनमाया श्रेष्ठको नाममा ३ कठ्ठा ९.५ धुर जग्गा संस्थालाई प्रदान गर्ने सोभितमान श्रेष्ठ, सविना श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ र इन्दिरा श्रेष्ठलाई सम्मान गरिएको थियो ।
विबाह, ब्रतबन्ध, पार्टी, भवितव्य लगायत कुनैपनि सामाजिक कार्य भवनमा सन्चालन गर्न सकिने संस्थाका सल्लाहाकार सदस्य मोहनलाल श्रेष्ठले बताउनुभयो ।