सुनको भाउ तोलामा १ सय र चाँदीको भाउ तोलामा ५ रुपैयाँ घट्यो

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ६ सय र तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ प्रति तोला ८ सय ५५ रुपैयाँ कायम भएको छ ।