देउवाको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

विराटचोकः  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निराधार आरोप लगाएको बताएका छन् ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर देउवाले पार्टीसँग जोडेर दिएको अभिव्यक्तिप्रति नेकपा प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् ।

हिजो कांग्रेस सभापति देउवाले पोखरामा सम्बोधन गर्दा भारतले नेपालको सीमा मिचेर बनाएको नक्साको बारेमा प्रधानमन्त्री ओलीमाथि आरोप लगाएका थिए । देउवाले प्रधानमन्त्री ओलीकै सल्लाहमा भारतले आफ्नो नक्सामा कालपानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेको आरोप लगाउन भ्याएका थिए ।

तर, प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत देउवाको आरोपको खण्डन गर्दै सो आरोप निन्दनीय भएको बताएका छन् ।