धादिङमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, ११ सय बिरामीले पाएउपचार

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० स्थित भिमसेन ठूलो पोखरीमाआइतवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, थाक्रे गाउँपालिका र ठूलो पोखरी युवाक्लबको सहकार्यमाएकदिने निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको हो ।
पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाको प्रमुखआतिथ्यतामा हरिहर भोजकुमारी माध्यमिकविद्यालयमाशिविर सञ्चालनभएको हो । शिविरमा११९४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २२१ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनकाअनुसार शिविरमा१९७जनाको भिडियो एक्सरे र १०९ जनाको मुटुको जाँच (ईसीजी) पनिगरिएको छ ।
त्यस्तै दाँतको समस्याभएका५३जनाको दाँतफुकालिएको छ भने शिविरमाउपचार सम्भव नभएका४२जनालाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको छ ।
केएमसीअध्यक्षको जिम्मेवारी डा.सुनिलशर्माले सम्हालेसँगै गतबर्षदेखि केएमसीले विभिन्नजिल्लामानिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ ।