विराटनगर, २० चैत्र । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमाकार्यरत डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्यपत्तालगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालकानिर्देशकडा.राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्यपत्तालगाउनमाग गरेका हुन् ।
‘यस अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमाकार्यरत सप्तरीको मलेखपुर–६ खुरखुरीया घर भएका डा. विजयकुमार यादवको शवविराटनगर–४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रुपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशिघ्र अनुसन्धानभई सत्य, तथ्यपत्तालगाउनजोडदार मागगर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ । उनीलगनशिल र मिलनसार स्वाभावकाभएको स्मरण गर्दै उनको निधनप्रति अस्पतालले दुःखव्यक्त गरेको छ ।
डा.यादवविराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा डेरा बस्दै आएकाथिए । शनिवार बिहानकरिव ६ बजे सोही घरको कम्पाउण्डभित्र आँगनमा घोप्टो परेर लडेको र शरीरबाट रगतबगिरहेको अवस्थामाउनी मृत भेटिएका थिए । डा.यादवको हत्याभएको भन्दै उनका परिवारका सदस्य, आफन्ततथा समर्थकले शनिवार दिउँसो नोबेल अस्पताल अगाडि हत्यारालाई तत्कालपक्राउ गरी कारबाहीको दायरामाल्याउँनमागगर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।