मोरङको कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्यशिविर

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ माशुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । विराटनगरस्थितनोबेल शिक्षण अस्पताल र स्थानीय राजवंशी समाजविकास समितितथायुवा समाजको सहकार्यमाएकदिने शिविर सञ्चालनगरिएको हो ।
जनप्रियमाध्यमिकविद्यालयमाभएको शिविरमा नोबेलका डाक्टरहरुले ९६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १८४ जनाको रक्त परीक्षण, ११३ जनाको भिडियो एक्सरे र ६५ जनाको ईसीजीगरिएको नोबेलकाप्रबन्धक नारायाण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्याभएर शिविरमाआएका २२ जनाको दाँतखोलिएको छ ।
नोबेलले ग्रामीण क्षेत्रकाविपन्न बिरामीलाई लक्षित गरी स्वास्थ्यशिविर सञ्चालन गरेर लाखौं बिरामीको निःशुल्कउपचार गरिरहेको छ ।