काठमाडौंको ब्रह्मखेलमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौंकोकागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रह्मखेलमाबिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सोमलिङ्गेश्वर मन्दिर संरक्षण समितिको सहकार्यमाएकदिने शिविर सञ्चालनगरिएको हो ।
कागेश्वरी स्वास्थ्यचौकीमा सञ्चालितशिविरमा केएमसीका डाक्टरहरुले ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १६७जनाको रक्त परीक्षण, १५३ जनाको ईसीजी र ९८ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्याभएर शिविरमाआएका ३७जनाको दाँतउखेलिएको छ भने शिविरमाउपचार सम्भव नभएका २९ जनालाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको आयोजनकले जनाएको छ ।
केएमसीले बुधबार काठमाडौंको चुनिखेलमाशिविर सञ्चालन गरेर १०१३ जना बिरामीको निःशुल्कउपचार गरेको थियो । केएमसीअध्यक्षको रुपमा डा.सुनिलशर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्नजिल्लामा स्वास्थ्यशिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्कउपचार गरिरहेको छ ।