लेटाङ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मोरङ लेटाङ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा रेडियो वेतना बेलबारीको संयोजनमा शुक्रबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
जनसेवा सामुदायिक भवन लेटाङमामा भएको कार्यक्रममा उपस्थित सेवाग्राही लेटाङबासीले उठाएका प्रश्नहरुको नगर प्रमुख शंकर राई, उपप्रमुख कृष्ण कुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दाहालले समाधान दिनुभएको थियो ।

सो कार्यक्रममा नगर भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उल्लेखित उपस्थिति रहेको थियो । कार्यक्रममा नगरको समसायिक गतिविधि, विकास निमार्ण, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो । कार्यक्रम नगर प्रमुख शंकर राईको सभापतित्वमा सम्पन्न भएको हो ।