नेपाल त्रिकोणात्मक टि२० आई सिरिजमा एक खेल अगावै फाइनलमा

पपुवा न्युगिनीलाई ३७ रनले हराउँदै नेपाल त्रिकोणात्मक टि२० आई सिरिजमा एक खेल अगावै फाइनलमा पुगेको छ ।
२ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो ।
नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपालले अव शनिबार मलेसियासँग खेल्नेछ । मलेसिया र पपुवा न्युगिनी मध्य एक टोली फाइनलमा पुग्नेछन् । पहिलो खेलमा मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो । शुक्रबार मलेसिया विजयी भएमा फाइनलमा जानेछ । पराजित भएमा नेपालसँगको नतिजा पर्खनु पर्ने हुन्छ । फाइनल सोमबार हुनेछ ।