चुनिखेलमा केएमसीको स्वास्थ्यशिविर, एक हजार बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल, टुकुचेमा बुधबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । जीपी कोइराला मेमोरियल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा स्वास्थ्यशिविर सञ्चालन गरिएको हो ।
उपचारका लागि शिविरमा आएका १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १९७जनाको रक्त परीक्षण, १२९ जनाको भिडियो एक्सरे र ९५ जनाको मुटुको जाँच गरिएको छ । त्यस्तै ३१ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ ।