टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्री वितरण

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ ।
पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका विद्यार्थीलाई शैक्षिक सामग्री दिइएको हो ।
कक्षा १ मा पढ्ने विद्यार्थीलाई भने कपडासमेत वितरण गरिएको हो । सामुदायिक विद्यालयका बाल कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै कक्षा १ का ७० विद्यार्थीलाई कोटसँगै, कपी, कलमलगायत शैक्षिक सामग्री दिइएको हो । त्यस्तै अन्नपूर्ण बागधन रणदीपा राई माध्यमिक विद्यालयमा छ थान कम्प्युटर वितरण गरिएको छ ।
यस विद्यालयका भूपू विद्यार्थी तथा पूर्वप्रहरी महानिरीक्षक राईको पहलमा रोटरी क्लब अफ काठमाडौँ वेस्ट तथा कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ प्रतिष्ठान काठमाडौँको सहयोगमा सामग्री वितरण गरिएको रोटरी क्लब काठमाण्डौ वेस्टका अध्यक्ष शारदाभक्त रञ्जीतले बताए ।
शैक्षिक विकासका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए ।




Leave a Reply

Your email address will not be published.