काठमाडौंको लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं,।
काठमाडौं महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र जीपी कोइराला मेमोरियल सामुदायिक, लायन्स क्लब र लियो क्लबको सहकार्यमा शिविर सञ्चालन गरिकोहो ।
जीपी कोइराला मेमोरियल सामुदायिक भवनमा सञ्चालित शिविरमा७८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा१७५जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र १०९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३७जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका२३जना बिरामीलाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
डा. सुनिलशर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।