पाँचथरमा सांसद नेम्वाङद्वारा ३० योजना छनोट

फिदिमः पाँचथरका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० ओटा योजना छनोट गरेका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका ७ ओटा स्थानीय तहमा सञ्चालन हुने योजना छनोट गरेको हो । छनोट भएका अधिकांश योजना ग्रामीण सडक निर्माण र स्तरोन्नतिका छन् । बाँकी भवन निर्माण, विद्युतीकरण र खेलमैदानका योजना छन् । उपनिर्वाचन हुन लागेका पाँचथरको फिदिम नगरपालिका, हिलिहाङ र फाल्गुनन्द गाँउपालिकाका लागि १ महिना अघि नै योजना छनोट भइसकेका थिए । जसअनुसार हिलिहाङ गाउँपालिकामा रु १ करोडको लागतका ५ ओटा योजना सांसद नेम्वाङले छनोट गरेका छन् ।

फिदिम नगरपालिकामा रु १ करोड ३० लाख लागतका ६ ओटा र फाल्गुनन्द गाउँपालिकामा रु १ करोड ६० लाखका १५ ओटा योजना छनोट भएका छन् ।