नेपालले मलेसियालाई ६ विकेटले हरायो

नेपालले त्रिकोणात्मक टि २० आई सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।
१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो ।
पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । बिहीबार नेपालले पपुवा न्युगिनीसँग खेल्नेछ ।