आगलागिबाट ८ घर जलेर नष्ट, १ महिलाको मृत्यु

उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–१ मा आगोलागिबाट ८ घर जलेर नष्ट भएको छ भने १ जना महिलाको मृत्यु भएको छ । आइतबार बेलुका ४ बजे गौर बहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिधुत सर्ट भई आगोलागि हुँदा हिडडुल गर्न नसक्ने गौर बहादुर मगरको ६६ बर्षीया श्रीमती शिवमाया मगरको जलेर मृत्यु भएको हो ।
उक्त आगो फैलिदा नजिकै रहेको शेर बहादुर मगर, भैरव मगर, यम्बर बहादुर मगर, मनमाया मगर, पदम बहादुर मगर, दिप बहादुर मगर र धन माया मगर समेतको घर आगलागिबाट जलेर नष्ट भएको छ ।
आगोमापरी बाख्रापाठा ५१ वटा, सुँगुर ४ वटा समेत जलेर मृत्यु भएको छ । आगो स्थानिय र प्रहरीको सहयोगमा राती साढे ८ बजे नियन्त्रण गरिएको थियो । आगलागिबाट अन्दाजी १ करोड २१ लाख बरावरको क्षति भएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।