२४ घण्टामा नेपालमा २६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार एक सय ९२ जनाको नमुना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ७७ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा एक हजार एक सय ४६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।