२४ घण्टामा नेपालमा २१ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय नौ जनाको नमुना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप तीन सय १९ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक हजार दुई सय ५४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।