काभ्रेको कास्कोटे बाघदेवीमा केएमसीका डाक्टरले गरे ११ सय बिरामीको निःशुल्कउपचार

काभ्रे । काभ्रेको पाँचखालनगरपालिका–१२ स्थित कास्कोटे बाघदेवीमाआइतबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा स्वास्थ्यशिविर सञ्चालनगरिएको हो ।
बाघदेवीमन्दिर परिषरमा सञ्चालितशिविरमा केएमसीका डाक्टरहरुले ११७२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २३३ जनाको रक्त परीक्षण, १९४ जनाको भिडियो एक्सरे र १२३ जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनकाअनुसार दाँतमा समस्याभएका २९ जनाको दाँतसमेत खोलिएको छ । त्यस्तै शिविरमाउपचार सम्भव नभएका ४४ जना बिरामीलाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
केएमसीअध्यक्षको रुपमाडा.सुनिलशर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्नजिल्लामा स्वास्थ्यशिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्कउपचार गरिरहेको छ ।