नोबेलमा पुनः सुरु भयो इआरसीपी, मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्तनलीको पथरिया

बिराटनगर, ९ चैत । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनःइआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगितभएको यो सेवाअहिले पुनः सुचारु गरेर पित्तनलीको पथरिया विनाचिरफार निकाल्नथालिएको हो ।
मुखबाट ईण्डोस्कोप छिराएर पित्तनलिमाभएको पथरिया विनाचिरफार निकाल्ने विधि नै इआरसीपीहो ।
सामान्यतयापित्तनलीको ढुंगा पेट र पित्तनलीदुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनिपित्तनलीचिर्नैपर्ने बाध्यता हुन्छ । तर, इआरसीपीविधिमार्फत विनाचिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकाल्ने गरिन्छ । यो विधिविरामीकालागिनिकै सहज र फाइदाजनक मानिन्छ । नेपालका केहि अस्पतालहरुमा मात्रप्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमाल्याएको थियो । तर, कोरोनाको महामारी फैलिएपछि यो सेवाअवरुद्ध भयो । कोरोनाको प्रभाव घटेपछि अहिले नोबेलकाडा.मोहन खड्का र डा.अमित भट्टराईसहितको टिमले पुनःइआरसीपी सुरु गरेको हो ।

यसअघिपित्तनलीको ढुंगा निकाल्नचिरफार वाल्याप्रोस्कोपिकविधिप्रयोग गरिन्थ्यो । अप्रेशनगर्दा पेट र पित्तनलीदुबै चिर्नुपर्छ । ल्याप्रोस्कोपिकविधिमापनि पेटमा प्वालपारेर पित्तनलीचिरेर मात्र ढुंगा निकाल्न सकिन्छ । पित्तनलीचिरेर ढुंगा निकाल्दानिको हुनबढी समयलाग्ने, चिरेको ठाउँमा सिलाउनगाह्रो हुने, संक्रमणको खतरा हुने लगायत समस्याहुनसक्ने चिकित्सकहरु बताउँछन् ।
तर, ईआरसीपीविधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर निकालिने हुँनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुँनाले बिरामीदुई दिनमै घर फर्कन सक्ने डा.भट्टराई बताउँछन् । ‘बिरामी छिटै निको हुँनाले अस्पतालको बसाई, बाह्य असर र खर्च पनिकम हुन्छ ।’ डा.भट्टराई भन्छन्, ‘पित्तनलीको ढुंगा निकाल्न ईआरसीपीविधिएकदमै प्रभावकारी हुन्छ ।’
पित्तनलीमाक्यान्सरवा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्तालगाउँनपनि यो विधिलाभदायीहुँने चिकित्सकहरुको भनाई छ ।