केराबारी गाँउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मोरङ केराबारी गाँउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मिडिया समाज मोरङको आयोजनामा शुक्रबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
बन्धु पाटी प्यालेस पुरानो सिनेमा हल केराबारीमा भएको कार्यक्रममा उपस्थित सेवा ग्राही केराबारीबासीले उठाएका प्रश्नहरुको गाउपालिका अध्यक्ष रोहित बहादुर कार्की र प्रमुख प्रशासकीय अधिकृत सुदर्शन दाहालले समाधान दिनुभएको थियो ।

सो कार्यक्रममा गाउपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उल्लेखित उपस्थिति रहेको थियो । कार्यक्रममा नगरको समसायिक गतिविधि, विकास निमार्ण, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो । कार्यक्रम गाउपालिका अध्यक्ष रोहित बहादुर काकीको सभापतित्वमा सम्पन्न भयो ।